सिलगढीको 42 नम्बर वार्डमा श्मशान घाट निर्माणको गर्यो गाउँलेहरूले विरोध

सिलगढी : सिलगढी नगरनिगमको 42 नम्बर वार्डको सरोजिनीपल्ली इलाकामा श्मशानको निर्माण गर्न नदिने माग गर्दै स्थानीय मानिसहरूले आज बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्। केही दिन अघि सिलगढी नगरनिगमको प्रशासक मण्डलीले सरोजिनीपल्ली इलाकामा श्मशान घाट निर्माणको लागि महानन्दा नदी नजिक जमीन निरीक्षण गरेका थिए। यसपछि उक्त इलाकाका मानिसहरूले त्यहाँ श्मशान घाट बनाउन नदिने माग गर्दै आवाज उठाए। आज बिहान जब नगरनिगमका कार्यकर्ताहरू त्यहाँको जङ्गल सफा गर्न पुगे तब उक्त इलाकाका धेरैजना मानिसहरू भेला भएर काम रोकिदिनको साथै विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर विशाल पुलिस वाहिनी घटनास्थलमा पुगे। आज बिहानैदेखि उक्त इलाकामा तनाउको माहौल सृजना भएको छ। स्थानीय मानिसहरूको भनाइ अनुसार उक्त इलाका जनसंख्या बहुल इलाका रहेकोले यहाँ श्मशान घाट बनाउने अनुमति दिइने छैन। यसैले आज स्थानीय मनिसहरूले यसको प्रतिवाद जनाउँदै विरोध प्रदर्शन गरिरहेको छ। अर्कोतिर, कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर इलाकामा बिहानैदेखि विशाल पुलिस वाहिनी तैनाथ गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *