सिलगढीको 43 नम्बर वार्डका तृणमूल प्रार्थी सुखदेव महतोको समर्थनमा निकालिइयो टोटो र्‍याली

सिलगढी : सिलगढी नगरनिगमको 43 नम्बर वार्डका तृणमूल उम्मेद्वार सुखदेव महतोको समर्थनमा आज टोटो र्‍याली निकालिइयो। उक्त र्‍यालीमा लगभग 10 भन्दा अधिक टोटोहरू सामेल थियो। प्राप्त जानकारी अनुसार तृणमूल कङ्ग्रेस उम्मेद्वार सुखदेव महतोको समर्थकमा आज टोटोहरूमा तृणमूल कङ्ग्रेसको झण्डा लगाएर 43 नम्बर वार्डमा चुनाउ प्रचार गरियो। चुनाउ प्रचार अवधि सबै टोटोहरू खाली रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *