सिलगढीको 44 नम्बर वार्डवासीहरूद्वारा जमिनको पट्टाको माग

सिलगढी : सिलगढी नगरनिगमको 44 नम्बर वार्डस्थित महानन्दा नदी संलग्न इलाका दशरथपल्लीका वासिन्दाहरूले जमिनको पट्टाको माग गरेका छन्। स्थानीय सीपीआईएम काउन्सिलर प्रीतिकणा विश्वासले स्थानीय मानिसहरूलाई साथमा लिएर सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यसँग भेट गरेर जमिनको पट्टाको माग गरे। मेयर भट्टाचार्यसँग तिनीहरूले केही समयसँग यसबारे कुराकानी गरेको बताइएको छ। यसको साथै मेयर भट्टाचार्यले यसबारे कोलकातामा राज्य सरकारसँग कुराकानी गरेर कुनै पदक्षेप ग्रहण गर्ने बताए। धेरै दिनदेखि उक्त इलाकामा बसोबासो गर्दै आइरहेका मानिसहरूलाई राज्य सरकारले हालसम्म जमिनको पट्टा नदिएको तिनीहरूको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *