सिलगढीको 46 नम्बर वार्ड तृणमूल कांग्रेसद्वारा बंगध्वनि यात्रा

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्ड तृणमूल कांग्रेस कमिटीको तर्फबाट आज बंगध्वनि यात्राको आयोजना गरियो। उक्त यात्रामा तृणमूल नेता रञ्जन सरकार, नान्टु पाल लगायत तृणमूलका अन्य कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा रञ्जन सरकारले केही दिनको अवधिमै आफूहरूले लगभग 50 हजार मानिसहरूसमक्ष पुगिसकेको बताए। यसको साथै लगभग 70 लाख परिवार स्वास्थ्य परियोजनामा सामेल भएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *