सिलगढीको 47 नम्बर वार्डस्थित एउटा घरमा चोरी

सिलगढी : सिलगढी नगरनिगमको 47 नम्बर वार्ड रामकृष्ण कोलनी पार्ट 2 निवासी बप्पा सेनको घरमा गत अबेर राति चोरीको घटना घटेको छ। प्राप्त जानकारी अनुसार बप्पा सेनको परिवार रविन्द्र नगर इलाकामा आफन्ताको बिहेमा गएको समय गत राति चोरी भएको बताइएको छ। गत अबेर राति सपरिवार बिहेबाट घर फर्किआउँदा घरको मुख्य दैलोमा लगाएको ताला भत्केको थियो। यसको साथै घरभित्र सबै सर-समानहरू छरपस्ट रहेको, चोरले आलमारीको लकर भत्काएर सुनको बहुमूल्य गर-गहना र नगद रुपियाँ चोरी गरेको बताइएको छ। चोरीको घटनाबारे प्रधान नगर थानालाई जानकारी दिएपचि पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै जाँच शुरू गरेको छ। बप्पाको आफन्त सुबोजीत दासले बताएअनुसार गत राति 11 बजी सपरिवार आफन्तको बिहे समारोहमा गएको समय उक्त घरमा चोरी भएको हो। नशालु पदार्थ सेवन गर्नेहरूले चोरी गरेको हुनसक्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *