सिलगढीको 4 नम्बर वार्डमा लाखौँ रुपियाँको चोरी

सिलगढी : सिलगढीको 4 नम्बर वार्डको ज्योतिनगर इलाकामा नगद रुपियाँ सहित लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना चोरी भएको घटना प्रकाशमा आएको छ। यसको साथै चोरले घरमा राखेको रम-रक्सीको बोतल समेत चोरी गरेर लगेको बताइएको छ। प्राप्त जानकारीअनुसार ज्योतिनगर इलाका निवासी सञ्जीव लामाले हिजो ब्याङ्कबाट 1 लाख रुपियाँ निकालेर घरमा राखेका थिए। घरका सदस्यहरू सुतिरहेको समय चोरले उक्त रुपियाँ लगायत अन्य नगद रुपियाँ साथै लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना चोरी गरेर लगेको बताइएको छ। उक्त घरका सदस्यहरू निद्राबाट ब्युँझिएपछि घरमा चोरी भएको बारे थाहा पाएपछि घटनाबारे खालपाडा आउटपोस्ट पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.