सिलगढीको 6 नम्बर वार्डका वाम प्रार्थी अशोक भट्टाचार्यद्वारा चुनाउ प्रचार

सिलगढी : सिलगढीको 6 नम्बर वार्डका सीपीआईएम प्रार्थी अशोक भट्टाचार्यले  आज चुनाउ प्रचार गरे। तिनले आज बिहानै आफ्नो वार्डमा चुनाउ प्रचार गर्नको साथै अन्य केही वार्डहरूमा पनि गएर वाम प्रार्थीको रूपमा चुनाउ प्रचार गरे। तिनले वार्डको घर-घरमा पुगेर चुनाउ प्रचार गर्नको साथै वार्डवासीहरूको विविध समस्याहरू पनि सुने। यसको साथै आफूले गरेको विविध कार्यहरूबारे मानिसहरूलाई तिनले अवगत गराए। यस अवसरमा अशोक भट्टाचार्यले भने, चुनाउ प्रचार अवधि वार्डवासीहरूबाट राम्रो प्रतिक्रिया पाइरहेकोले सिलगढीमा आफ्नो पार्टीले बहुमत हासिल गरेर बोर्ड गठन गर्नेछ। सिलगढी नगरनिगम चुनाउमा जीत हासिल गरेपछि आगामी दिनमा सहरवासीको सबै इच्छा तथा समस्याहरूको समाधान गर्ने प्रयास गर्नेछु भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *