सिलगढी अम्बिका नगरमा घरको कुवाबाट शव उद्धार

सिलगढी: सिलगढीको फुलबारी अम्बिका नगरमा आज एउटा घरको कुवाबाट शव उद्धार गरिएको छ। उक्त शव मलय मित्रको रूपमा चिन्हित गरिएको छ भने तिनी मिर्गीको रोगीले ग्रस्त रहेको पारिवारिक सूत्रले जनाएको छ। मलय मित्र आज बिहानैदेखि निखोज थिए भने अपरान्ह घरकै पानी कुवा तिनको शव देखेपछि यसबारे एनजेपी थाना पुलिसलाई जानकारी दिए। यसपछि एनजेपी थाना पुलिस र दमकल विभागका कर्मीहरू घटनास्थलमा पुगेर कुवाबाट शवलाई निकाले। घटनाबारे पुलिसले छानबिन शुरू गरेको बताइएको छ।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *