सिलगढीको अशोकनगर फेरि जलमग्न, पार्षदद्वारा स्थायी समाधान गरिदिने आश्वासन

सिलगढी : गत रातिदेखि परेको अत्याधिक वर्षाले गर्दा सिलगढीको अशोकनगर इलाका जलमग्न भएको छ।  सिलगढीको  32 नम्बर वार्डका पार्षद तापस च्याटर्जीले उक्त समस्याको स्थायी समाधान गर्ने आश्वासन दिएका छन्। हल्का पानी पर्नसाथ सिलगढी नगरनिगमको 31 र 32 नम्बर वाडको बीचमा रहेको अशोकनगर इलाका जलमग्न हुने गर्दछ। सिलगढी लगायत यसको छेउछाउका इलाकामा गत केही दिनदेखि अधिक पानी परिरहेको छ। गत 20 दिनपछि हिजो राति एकपल्ट फेरि अशोकनगर इलाका वर्षाको पानीले गर्दा जलमग्न बनेपछि इलाकावासीहरू निक्कै समस्या भइरहेको छ। स्थानीय मानिसहरूको भनाइ अनुसार धेरै अघिदेखि नै इलाकामा पानी जम्ने गर्दछ। हाल आफूहरूलाई यसको आदत भइसकेको छ। प्रशासनले यस समस्याको समाधान गर्नको लागि हालसम्म कुनै कदम उठाएको छैन।  आज 32 नम्बरका पार्षद तापस च्याटर्जीले समस्याको स्थायी समाधान गरिदिने आश्वासन दिएका छन्। तिनले भने, यसपल्ट अशोकनगरलाई पूर्ण रूपमा पानी मुक्त गराइनेछ। सिलगढी नगरनिगमले यसको प्रक्रिया शुरू गरिसकेकोले चाँडै उक्त समस्याको समाधान हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *