सिलगढीको अशरफ नगरमा दादागिरी देखाउने 4 जना गुरूग्रामबाट पक्राउ

सिलगढी : सिलगढीको भक्तिनगर थाना अन्तर्गत अशरफ नगर इलाकामा गत 23 अगस्तको राति पुलिसकै सामु दादागिरी देखाउने व्यक्तिहरूलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा अमरिन्दर सिंह उर्फ हरमित, गुड्डु उर्फ एमडी आशिक अली, सुभाजीत राय उर्फ गोपाल, पेम्बा तामाङ र शुभम महतो सामेल छन्। प्राप्त जानकारीअनुसार आग्नेयास्त्र र धारिलो हतियार बोकेर अशरफ नगर इलाका निवासी मोहम्मद अदन हुसेनको घरमा तोड़फोड गर्नको साथै पुलिसकै सामु दादागिरी देखाएकोले गर्दा यी पाँचजना व्यक्ति विरुद्ध थानामा मामिला दर्ता गरिएको थियो। घटनापछि सबै आरोपीहरू निखोज रहेकोले कमिश्नर गौरव शर्माले यस मामिलाको जाँचको दायित्व डीडी तथा एसओजी-लाई सुम्पेको थियो। मामिलाको जाँचमा जुटेका डीडी तथा एसओजी-को टोलीले गत 2 सेप्टेम्बरमा गुरूग्रामबाट 4 जना आरोपीलाई पक्राउ गरेपछि गुरूग्रामको कोर्टमा पेश गरेर ट्रान्जिट रिमान्डमा लिएर आज पुलिस टोली सिलगढी आइपुगेको छ। अर्कोतिर, यस मामिलाका एकजना आरोपी हरमीत सिंह उर्फ ​​अमरिन्दर गत 31 अगस्तमा नै पक्रा परेका थिए। गुरूग्रामबाट पक्राउ गरिएको 4 जना आरोपीलाई भोलि शनिबार सिलगढी अदालतमा पेश गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *