सिलगढीको बाघाजतिन कोलनीको 2 वटा घरमा चोरी

सिलगढी (निसं): सिलगढी नगरनिगमको 2 नम्बर वार्डको बाघाजतिन कोलनी इलाकामा गत राति 2 वटा घरमा चोरी भएको छ। इलाकामा लगातार भइरहेको चोरीको घटनाले गर्दा स्थानीय मानिसहरूले पुलिसको भूमिकामाथि प्रश्न चिन्ह खडा गरेको छ। प्राप्त जानकारी अनुसार गत राति 2 नम्बर वार्डको बाघाजतिन कोलनी इलाकामा एकैसाथ 2 वटा घरमा चोरी भएको छ। चोरले एउटा घरबाट नगद रुपियाँ र अर्को एउटा घरबाट केही सर समान चोरी गरेर चम्पट कसेको बताइएको छ। यस विषयमा दुलाल चन्द्र साहाले बताएअनुसार दुर्गा पुजा षष्ठीको राति तिनको घरमा पहिलोपल्ट चोरी भएको थियो। गत राति पनि मेरो भाडाको घर र अर्को एउटा घरबाट केरी नगद राशि सहित सर समानहरू चोरी भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *