सिलगढीको बाघाजतिन कोलनीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

सिलगढी : सिलगढी नगरनिगमको 2 नम्बर वार्डको बाघाजतिन कोलनीमा आज एकजना युवकको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक युवक 21 वर्षीय जेम्स खेसको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत  4 वर्षदेखि जेम्स खेस बाघाजतिन इलाकामा आफ्नी प्रेमिकासित भाडाको घरमा बस्दै आइरहेका थिए। गत राति केही विषयलाई लिएर जेम्सको प्रेमिकासित विवाद भएको थियो भने आज बिहान घरको पङ्खामा झुन्डिरहेको अवस्थामा जेम्सको शव उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर प्रधाननगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साधै मृतकको प्रेमिकालाई सोधखोजको लागि पुलिसले हिरासतमा लिएर थानामा लगे। अर्कोतिर, जेम्सले आत्महत्या गरेको होइन तिनको हत्या गरेको मृतकको परिवारका सदस्यहरूले आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *