सिलगढीको बाघाजतीन पार्कको नाम संक्षिप्तमा बीजेपी रहेकोले यसको नाम परिवर्तन गरिनुपर्छ : गौतम देव

सिलगढी : बाघाजतीन पार्क सिलगढीको एउटा प्रख्यात ठाउँ हो। साँझ परेपछि धेरैजना मानिसहरू उक्त पार्कमा आउने गर्छन् भने यसको छेउछाउमा रहेको दोकानहरूमा खानेकुरो खान आउने गर्दछन्। बाघाजतीन पार्कलाई धेरैजनाले सट फर्ममा बीजेपी भन्ने पनि गर्दछ। उक्त सट फर्मलाई परिवर्तन गर्ने सिलगढी नगरनिगमका प्रशासक गौतम देवले कुरा राखेका छन्। तिनले आज कलेजपाडाको जगधात्री पुजाको उद्घाटन कार्यक्रममा अंश ग्रहण गरे। यस अवधि तिनले विभिन्न विषयमा कुराकानी गर्नको साथै बाघाजतीन पार्क विषयमा बोल्दै भने, बाघाजतीन पार्कलाई नयाँ रूपमा सजाइएको छ। नयाँ रूपमा सजाइएको उक्त पार्कलाई बीजेपी भन्ने गरिन्छ। तर मलाई पछि थाहा लाग्यो कि बीजेपी भनेको भारतीय जनता पार्टी नरहेर बाघाजतीन पार्क रहेछ। बीजेपीको नामले मलाई एलर्जी छ। यसलै यहाँ यसको नाम परिवर्तन गरेर नयाँ राखिनुपर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *