सिलगढीको बाघाजतिन पार्कमा 19 नोभेम्बर सीपीआईएम-को विराट जनसभा

सिलगढी (निसं): सीपीआईएमले आगामी 19 नोभेम्बरको दिन सिलगढीको बाघाजतिन पार्कमा एउटा विराट जनसभाको आयोजना गरेको छ। आज सिलगढीको हिलकार्ट रोडस्थित माकपा पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरियो। यस अवधि वामफ्रन्टका संयोजक जीवेश सरकारवाम नेता अशोक भट्टाचार्य, माकपा जिला सचिव समन पाठक, मुन्शी नुरुल इस्लाम, शरदिन्दु चक्रवर्ती उपस्थित थिए। यस अवधि अशोक भट्टाचार्यले भने, आगामी 19 नोभेम्बर सिलगढीको बाघाजतिन पार्कमा एउटा विराट जनसभाको आयोजना गरिएको छ, जसमा प्रमुख वक्ताका रूपमा माकपाको राज्य सचिव मोहम्मद सलीम, युवा नेत्री मीनाक्षी मुखर्जी उपस्थित रहने छन्। उक्त जनसभा गर्नुको मुख्य उद्देश्य राज्यको विभिन्न ठाउँहरूमा झै यता सिलगढीमा पनि शान्ति भङ्ग गर्ने प्रयास गरिरहेकाहरू विरूद्धमा रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *