सिलगढीको बाघाजतीन पार्कमा विश्व एड्स दिवस पालन

सिलगढी : सिलगढीको बाघाजतीन पार्कमा आज विश्व एड्स दिवस पालन गरियो। पश्चिमबंग सरकारको जिल्ला स्वास्थ्य औ परिवार कल्याण विभाग तथा विभिन्न स्वयम्‌सेवी संगठनको संयुक्त पहलमा आज विश्व एड्स दिवस पालन गरियो। यसबाहेक डीएपीसीयु-को दार्जिलिङ जिल्लाको तर्फबाट विश्व एड्स दिवसको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरियो। यस अवसरमा डीपीओ डा. देवराज सरकारले भने, एड्स रोग हाल निक्कै नियन्त्रणमा रहेको छ। तथापि, यस रोगबारे डाक्टरहरूको परामर्शलाई पालन गर्नुपर्छ। एड्स रोगबारे नचाहिँदो अफवाहहरू नफैलाइदिने तिनले सबैसित अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *