सिलगढीको बाघाजतीन पार्कमा संवर्द्धना कार्यक्रमको आयोजना

सिलगढी : सिलगढीको बाघाजतीन पार्कमा आज नव नियुक्त मेयर, चेयरम्यान, काउन्सिलरहरूलाई संवर्द्धना जनाउनको लागि एउटा कार्यक्रमको आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर गौतम देवले सिलगढी नगरनिगमका पूर्व मेयर, विधायक, सांसदको नाम घोषणा लिँदै तिनीहरूलाई धन्यवाद दिनको साथै वर्तमान विधायक तथा सांसदलाई सहयोग गर्ने अपील पनि गरे। यसबाहेक तिनले विरोधी पार्टीलाई सम्मान दिइने बताए। कार्यक्रममा दिवङ्गत पूर्व मेयर विकाश घोषकी स्वास्नी नन्दिता घोष, अशोक भट्टाचार्यको दाजु गौरीशङ्कर भट्टाचार्य पनि प्रमुख रूपमा उपस्थित थिए। यस अवसरमा विभिन्न संगठनको तर्फबाट नव निर्वाचित मेयर, चेयरम्यान तथा काउन्सिलरहरूलाई संवर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *