सिलगढीको बाघाजतीन पार्कमा मोहनबगान दिवस पालन

सिलगढी : सिलगढी मेरीनर्स क्लबको तर्फबाट आज मोहनबगान दिवस पालन गरियो। सिलगढीको बाघाजतीन पार्क अघि फुटबल प्रेमी तथा मोहनबगान फुटबल टोलीका समर्थकहरूले आज मोहनबगान दिवस पालन गरे भने द्वीप प्रज्ज्वलन गरेर कार्यक्रम शुरू गरियो। यस अवसरमा अनाथ नानीहरूलाई लुगाफाटा वितरण गर्नको साथै रोगीहरूलाई प्रयोजनीय सामग्री वितरण गरियो। आजको कार्यक्रममा सिलगढी प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका प्रवक्ता वेदव्रत दत्त, मोहनबगान क्लबका वरिष्ठ अधिकारी अरूप मजुमदार उपस्थित थिए। मोहनबगान क्लबका सदस्यहरूले बाघाजतीन पार्क अघिको सडकको नाम मोहनबगान क्लबको नाममा राखिनुपर्ने प्रशासक बोर्डका सदस्य रञ्जन सरकारलाई प्रस्ताव दिएका छन्। उक्त प्रस्ताव सिलगढी नगरनिगम प्रशासक बोर्डसमक्ष राख्ने रञ्जन सरकारले बताए। वेदव्रत दत्तले सिलगढीको कुनै पनि दुईवटा सडकको नाम मोहनबगान रोड अथवा मोहनबगान लेन 1911 सरणीको रूपमा राखिनुपर्ने मागलाई लिएर चाँडै सिलगढी नगरनिगमका प्रशासकसित भेट गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *