सिलगढीको बाघाजतीन पार्कमा योग दिवस पालन

सिलगढी : आज अन्तर्राष्ट्रिय योग दिवस। सन् 2014 देखि प्रत्यके वर्ष 21 जुनको दिन योग दिवसको रूपमा पालन गर्दै आइरहेको छ। देशभरिमा झैँ यता सिलगढीको बाघाजतीन पार्कमा पनि स्वयम्‌सेवी संगठन युनिक फाउन्डेसनको तर्फबाट योग दिवस पालन गरियो। विभिन्न प्रकारको योगको माध्यमद्वारा आज योग दिवस मनाइयो। यस अवसरमा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव लगायत संस्थाका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *