सिलगढ़ीको बंगाल सफारी पार्कमा दुई दिने कार्यशाला

सिलगढ़ी: चिड़ियाखानामा आपातकालको समय परिस्थितिसित जुझ्नको लागि वन विभागले आफ्नो कर्मीहरूलाई प्रशिक्षण दिइरहेको छ। यसै क्रममा सिलगढ़ीको बंगाल सफारी पार्कमा दुई दिवसीय कार्यशालामा वन कर्मीहरूलाई आपातकालको समय वन्य प्राणीहरूलाई नियन्त्रणमा ल्याउनेबारे प्रशिक्षण दिइरहेको छ। राज्यको लगभग 10 वटा चिड़ियाखानाबाट आएका 32 जना कर्मीलाई लिएर दुई दिवसीय “ट्रेनिङ वर्कशप अन् क्याप्चर अफ् एनिमल एण्ड ट्रनकुलाइजेशन” को आयोजना गरिरहेको छ। यसबारे सिलगढ़ी बंगाल सफारी पार्कका निर्देशक धर्मदेव रायले बताए अनुसार दुई दिवसीय कार्यशालाको माध्यमबाट वन कर्मीलाई धेरै फाइदा पुग्नेछ। भेटरनरी डाक्टरहरूले वन कर्मीहरूलाई प्रशिक्षण दिइरहेका छन् भने प्रशिक्षण अवधि तिनीहरूलाई दवाईको डोज साथै वन्य प्राणीहरूलाई आपातकालिन समयमा के-कस्ता उपचार गर्नुपर्ने भन्नेबारे उचित जानकारी दिइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *