सिलगढीको वर्द्धमान रोडस्थित कल सेन्टरमा छापामार अभियान

सिलगढी : गोप्य सूत्रको आधारमा सिलगढी थाना पुलिसले आज सिलगढीको वर्द्धमान रोड स्थित एउटा बहुतले भवनमा रहेको अवैध कल सेन्टरमा अभियान चलायो। उक्त अभियान अवधि पुलिसले धेरैजनालाई हिरासतमा लिएको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार सिलगढीको वर्द्धमान रोडस्थित एउटा बहुतले भवनमा अवैध रूपमा कल सेन्टर चलाइरहेको खबर पाएपछि आज पुलिसले सादा पोशाकमा अभियान चलाएर त्यहाँबाट धेरैवटा कम्प्युटर लगायत अन्य समानहरू जफत गरेर थानामा लग्यो भने उक्त कल सेन्टरको अफिसलाई सिल गरिदिएको छ। यसको साथै कल सेन्टरबाट केही व्यक्तिहरूलाई सोधखोजको निम्ति हिरासतमा लिएको बताइएको छ। घटनाको जाँच शुरू गरेको सिलगढी थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *