सिलगढीको वर्द्धमान रोडस्थित ग्यारेजमा आगलागी

सिलगढी : सिलगढीको वर्द्धमान रोडस्थित बाइकको शो रूम नजिक रहेको एउटा  ग्यारेजमा आज बिहान आगो लागेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान उक्त ग्यारेजमा आगो लागेको देखेपछि घटनाबारे मालिकलाई खबर दिएपछि तिनी घटनास्थलमा आएर दमकल विभागलाई आगलागीबारे जानकारी गराए। घटनाको खबर पाएर दमकलको इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। अर्कोतिर, ग्यारेजका मालिकले बताएअनुसार कसैले जानीबुझी उक्त ग्यारेजमा आगो लगाइदिएको हो। उक्त आगलागीमा ग्यारेजको सबै समानहरू जलेर भष्म भएकोले धेरै नोक्सान भएको तिनले बताए। खालपाड़ा आउटपोस्ट पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *