सिलगढीको वर्द्धमान रोडमा बस र बाइक ठोक्किँदा बाइक चालक गम्भीर घाइते

सिलगढी : सिलगढीको वर्द्धमान रोडमा आज बिहान बस र बाइक आपस्तमा ठोक्किँदा बाइक चालक गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारीअनुसार वर्द्धमान रोडमा एनबीएसटीसी बससित एउटा बाइक ठोक्किँदा बाइक चालक गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर अस्पताल लगिएको बताइएको छ। एनबीएसटीसी बस गलत दिशाबाट आइरहेको स्थानीय मानिसहरूको आरोप रहेको छ। घटनापछि आक्रोशित बनेका स्थानीय मानिसहरूले बस चालकलाई कुटपीट गरेको बताइएको छ। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *