सिलगढीको भाजपा कार्यालय अग्निकाण्डको विरोधमा तृणमूल विरूद्ध भाजपा-को प्रतिवाद रैली

सिलगढी (निसं): सिलगढी नगर निगमको 23 नम्बर वार्डमा भाजपा कार्यालयमा गत राति भएको अग्नीकाण्डको विरोधमा भाजपाको 4 नम्बर मण्डल कमिटीले तृणमूलको विरोध गर्दै एउटा प्रतिवाद रैली निकाल्यो। आज साँझ सिलगढीको डाबग्राम इलाकामा भाजपाको 4 नम्बर मण्डल कमिटीको कार्यालय अघिल्तिरबाट उक्त रैली निकाल्यो। उक्त रैलीमा सिलगढी नगर निगमको विरोधी दलनेता अमित जैन लगायत अन्य भाजपा नेताहरू उपस्थित थिए। तिनीहरूले घटनामा सामेल व्याक्तिहरूलाई पक्राउ गरेर सजाय दिनु पर्ने मांग गरे। स्मरण रहोस, गत राति भाजपाको 4 नम्बर मण्डल कमिटीको कार्यालयमा अग्निकाण्ड भएको थियो भने दमकलको दुई वटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याएको थियो। भाजपा कार्यकर्ताहरूले उक्त घटनामा तृणमूलको हात रहेको आरोप लगाएको छ। यसैले यसको प्रतिवादमा आज यो प्रतिवाद रैली निकालिइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *