सिलगढीको भाजपा कार्यालयमा योग दिवस पालन

सिलगढी : अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सिलगढी सांगठनिक जिल्ला भारतीय जनता पार्टी कार्यालयमा आज योग दिवस पालन गरियो। सिलगढीको भाजपा पार्टी कार्यालय जयमणि भवनमा भाजपाका दुई विधायक शङ्कर घोष र आनन्दमयी बर्मनले योग अभ्यासमा अंश ग्रहण गरे।


योग प्रशिक्षक रेशमी शर्मा र रेखा शर्माले योग व्यायामको महत्व अनि यसको फाइदाबारे विस्तारमा जानकारी गराइन्। यस अवसरमा सिलगढी सांगठनिक जिल्ला भाजपाका महासचिव प्रसेनजीत पाल लगायत अन्य भाजपा कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *