सिलगढीको भालोबासा मोड निवासी स्वापना सरकार निखोज

सिलगढी : एनजेपी थाना अन्तर्गत पर्ने भालोबासा मोड संलग्न इलाका निवासी स्वपना सरकार हिजो साँझदेखि निखोज भएपछि परिवारका सदस्यहरूले पुलिससमक्ष गुहार लगाएका छन्। प्राप्त जानकारी अनुसार हिजो साँझ स्वपना सरकार घरबाट बाहिर घुम्न निस्केपछि घर फर्किआएनन्। वरपर लगायत आफन्तहरूकोमा तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि अन्ततः परिवारका सदस्यहरूले तिनी निखोज भएकोबारे न्यु जलपाईगढी थानामा लिखित अभियोग दर्ता गरे। निखोज महिलाको छोरा विश्वजीत सरकारले बताएअनुसार तिनीहरूको घरमा कुनै प्रकार अशान्ति तथा झैँ-झगडा नभएको साथै आमा सधैँ घरमै बस्ने गर्थिन्। तर हिजो घरबाट निस्केर कता गइन् यसबारे आफूहरूलाई कुनै थाहा नभएको बताए। आफन्तहरूको घरमा खोजी गर्दा पनि तिनको पत्तो नलागेपछि छोरा आमाको खोजीमा यताउता भौतारिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *