सिलगढीको विवेकानन्द रोड डम्पिङ ग्राउन्डमा परिणत, सड़कको जताततै फोहोर-मैलाको थुप्रो

सिलगढी : सिलगढी नगरनिगमको 7 नम्बर वार्डको विवेकानन्द सडक डम्पिङ ग्राउन्डमा परिणत भएको छ। उक्त सडकको बीचैमा फोहोर-मैला थुप्रिएकोले गर्दा यसको दुर्गन्धले उक्त सडक भएर आवत-जावत गर्नेहरू लगायत छेउछाउका मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। यसैले गर्दा साधारण मानिसहरूले सिलगढी नगरनिगम प्रशासनप्रति क्षोभ प्रकट गरे। इलाकावासीहरूको भनाइअनुसार उक्त सड़कमा केही दिनदेखि प्रायःजसो फोहोर-मैला थुप्रिएकोले यसको दुर्गन्धले यहाँबाट आवतजावत गर्ने मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। तरै पनि नगरनिगम प्रशासनले यसतर्फ ध्यान नदिएकोले यदि आगामी दिनमा पनि कुनै पहल नगरेको खण्डमा आफूहरूद्वारा विरोध प्रदर्शन गरिने इलाकावासीहरूले बताए। अर्कोतिर, यस सम्बन्धमा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्य रञ्जन सरकारले भने, विश्वकर्मा पुजाको छुट्टीले गर्दा यहाँ फोहोर-मैला थुप्रिएकोले चाँडै यसको सफाई गरिदिनेछ। स्मरण रहोस्, एकातिर कोरोना महामारी छ भने अर्कोतिर नानीहरूमा भाइरल ज्वरो बढ्दै गइरहेकोले हाल मानिसहरू आतङ्कित बन्न पुगेका छन्। यस्तो परिस्थितिमा सिलगढीको 7 नम्बर वार्डको उक्त तस्विरले नगरनिगम लगायत स्थानीय प्रशासनमाथि प्रश्न चिन्ह खडा भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *