सिलगढीको विधान मार्केटमा ‘नेशनल चिकन डे’ पालन

सिलगढी : आज नेशनल चिकन डे। चिकन अथवा कुखुराको मासुलाई रोग प्रतिरोधक क्षमता बढ़ाउने महत्वपूर्ण माध्यमको रूपमा पनि मानिन्छ। शरीरको रोग प्रतिरोधक क्षमता बढ़ाउन लगायत रोगी तथा बडी बिल्डरहरूको मेन्यूमा चिकनलाई सामेल गरिन्छ। तर यहीँ चिकनलाई लिएर समय-समयमा विभिन्न प्रकारको अफवाह फैलिने गरिन्छ। यसैले चिकन अथवा कुखुराको मासु खाएर स्वस्थ रहने सन्देश दिनको लागि सिलगढीमा आज 16 नोभेम्बर नेशनल चिकन डे मनाइयो। सिलगढीको विधान मार्केटमा आज धुमधामको साथमा नेशनल चिकन डे पालन गरियो। विधान मार्केटको चिकन मार्केटलाई आज बेलुनहरू लगाएर सजाइएको थियो। यस अवसरमा नेशनल चिकन डे साथै चिकनको मासु खानाले हुने फाइदाहरूबारे मानिसहरूलाई जानकारी गराउँदै विभिन्न दोकानहरूमा फ्लेक्स लगाइएको थियो। यसको साथै कुखुरा व्यवसायीहरूले आज केक काटेर नेशनल चिकन डे पालन गरे। व्यवसायी तन्मय साहाले बताएअनुसार चिकन अथवा कुखुराको मासुले शरीरको रोग प्रतिरोधक क्षमता बढ़ाउनमा सहयोग गर्दछ। डाक्टरहरूले पनि चिकन तथा अण्डा खाने सल्लाह दिने गर्दछन्। कम्ती मूल्यमा यस्तो प्रोटीन निक्कै कम पाउने गरेकोले नेशलन चिकन डे –को अवसरमा मानिसहरूलाई चिकन अथवा कुखुराको मासु खानु निक्कै फाइदा रहेकोबारे जागरूक गराउन आज उक्त पहल गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *