सिलगढीको विकासको लागि बिहारको नीतिश मोडेल लागू गर्नुपर्ने : जेडीयु

सिलगढी : बिहारको नीतिश मोडेललाई सिलगढीमा लागू गर्ने मागलाई लिएर जनता दल (युनाइटेड) (जेडीयु)-ले आज एउटा र्‍यालीको आयोजना गर्यो। प्राप्त जानकारीअनुसार आज सिलगढीको मल्लागुढीस्थित खुदीराम बसुको सालिग नजिकबाट जेडीयुले एउटा र्‍याली निकालेर शहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। बिहार सरकारले रम-रक्सीमा प्रतिबन्ध लगाएपछि असामाजिक गतिविधिहरूमा धेरै कमी आएकोले गर्दा यस कानुनलाई सिलगढीमा पनि लागू गर्ने मागमा उक्त र्‍यालीको आयोजना गरेको जेडीयुका दार्जिलिङ जिल्ला अध्यक्ष भुषण कुमार सोनीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *