सिलगढीको विभिन्न बजारहरू हप्तामा एकदिन बन्द रहने

सिलगढी : कोरोना परिस्थितिमा सिलगढीको बजारमा मानिसहरूको निक्कै भीड बढेकोले गर्दा हप्तामा एकदिन बजार बन्द राखेर सेनिटाइज गरिने जिल्ला प्रशासकले जनाएको थियो। यसैले सिलगढी नगरनिगमसित बजार कमिटीले एउटा बैठक गरेर हप्तामा कुन-कुन दिन बजार खुल्ला राखिनेछ भन्ने बारे निर्णय लिएको छ।


यसै अन्तर्गत सोमबार टाउन स्टेसन बजार (बाग्राकोर्ट), चम्पासरी बजार, एसजेडीए मार्केट, निवेदिता रोडको सब्जी बजार, झङ्कार मोडको सब्जी बजार, सुभाषपल्ली, रवीन्द्रनगर र रथखोला बजार बन्द रहनेछ। मङ्गलबार डीआई फन्ड पुरानो बजार, डीआईफन्ड शिवजी मार्केट (सब्जी), जलपाईमोड़ र एनजेपी स्टेसन मार्केट बन्द रहनेछ।

बिहिबार हैदरपाडा बजार, घोगोमाली बजार, गुरूङबस्ती बजार, डीआई फन्ड मार्केट (कलाहाटी), डीआई फन्ड मार्केट (मुरीहाटी र चालहाटी), एनजेपी गेटबजार एवम् सब्जी बजार बन्द रहनेछ।


शुक्रबार महाबीरस्थान बजार र टिकियापाड़ा बजार बन्द रहनेछ।

शनिबार शान्तिनगर बहु बजार बन्द रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *