सिलगढीको विभिन्न इलाकामा चाँडै सीसीटीभी जडान गरिने, मेयर देवले गरे अधिकारीहरूसित बैठक

सिलगढी : सिलगढी सहरको विभिन्न इलाकामा चाँडै सीसीटीभी क्यामारा जडान गरिने भएको छ। हाल सहरमा अपराधमूलक घटनाहरू बढ्दै गइरहेकोले गर्दा प्रशासन चिन्तित रहेको छ। यसैले एउटा गैर सरकारी संस्थाको सहयोगमा चाँडै सिलगढी सहरको विभिन्न इलाकामा सीसीटीभी क्यामारा जडान गरिने भएको छ। आज गैर सरकारी संस्थाका अधिकारी, पुलिस, महकुमाशासक, नगरनिगमका अधिकारी, मेयर परिषदका सदस्यहरूको साथमा मेयर गौतम देवले एउटा बैठक गरे। मेयर देवले भने, एउटा गैर सरकारी नेटवर्किङ संस्थाको तर्फबाट प्रपोजल दिएको छ। हाल यस विषयमा चर्चा परिचर्चा गरिरहेका छौँ। चाँडै उच्च अधिकारीहरूलाई यसबारे अवगत गराएपछि नै निर्णय अनुसार कार्य सुरू गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *