सिलगढीको वृहत्तर खुद्रा व्यवसायी समितिसित बैठक गरे मेयर गौतम देवले

सिलगढी : सिलगढीको वृहत्तर खुद्रा व्यवसायी समिति अन्तर्गत लगभग 90 वटा बजारका सदस्यहरूसित मेयर गौतम देवले आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमको हलमा एउटा बैठक गरे। उक्त बैठकमा मेयर लगायत डेपुटी मेयर रञ्जन सरकार तथा अन्य उपस्थित थिए। उक्त बैठकमा मुख्यतः व्यवसायीहरूको विविध समस्याहरूबारे चर्चा परिचर्चा गरियो। मुख्यतः रेलवेको जमिनमा रहेको केही बजारमा हजारौँ व्यवसायीहरूले व्यापार गरेर जीवन यापन गर्दै आइरहेका छन्। तथापि, रेलवेको तर्फबाट उक्त बजार त्यहाँबाट हटाउने निर्देश दिएकोले गर्दा खुद्रा व्यवसायीहरू चिन्तित छन्। बैठकमा व्यवसायीहरूको विविध समस्यहरू सुनेपछि मेयर गौतम देवले बजारका सदस्यहरूलाई लिएर पुनः भिन्नै एउटा बैठक गरेर उक्त समस्याको समाधान गरिदिने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.