सिलगढीको बीएसएनएल कार्यालय अघि कर्मचारीहरूद्वारा विक्षोभ प्रदर्शन

सिलगढी : विविध मागलाई लिएर स्थायी कर्मचारीहरूले आज सिलगढीको हाकिमपाडास्थित बीएसएनएल कार्यालयअघि विक्षोभ प्रदर्शन गरे। केन्द्र सरकारले बीएसएनएल-लाई नीजिकरण गर्ने योजना रहेकोले आज यसको विरोध जनाउँदै विक्षोभ प्रदर्शन गरिएको तिनीहरूले बताए। सरकारले भारतको 5जी सेवालाई चाँडै निजी कम्पनीको हातमा सुम्पिने योजना बनाइरहेको दावी गर्दै यसको विरोधमा भारतभरिकै बीएसएनएल-का कर्मचारीहरूले आन्दोलन गरिरहेको तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *