सिलगढीको बीएसएनएल कार्यालयमा आगलागी

सिलगढी : सिलगढीको कलेजपाड़ास्थित बीएसएनएल कार्यालयमा आज दिउँसो आगलागी हुँदा इलाकामा आतङ्क मच्चियो। बीएसएनएल कार्यालयको सर्वर रूमबाट धुवाँ निस्केको देखेपछि तत्कालै दमकल विभागलाई यसबारे खबर दिए। आगलागीको खबर पाएर दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो। सट सर्किटले गर्दा उक्त आगलागी भएको हुनसक्ने दमकल विभागले अनुमान लगाएको छ। आगलागीले गर्दा बीएसएनएल कार्यालयमा केही समयको लागि परिसेवा बाधित बनेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *