सिलगढीको वर्द्धमान रोड बेहाल अवस्थामा रहेकोले साधारण मानिसहरू समस्यामा

सिलगढी : सिलगढीको वर्द्धमान रोड सहरको व्यस्त सडक हो। उक्त सडकमा फ्लाईओभर ब्रिजको निर्माण गरिरहेकोले गर्दा एकतर्फबाट मात्र वाहनहरू चलाचल भइरहेको छ। अर्कोतिर, वर्षाले गर्दा झङ्कार मोडदेखि केही टाढासम्मको सडक भत्किनको साथै ठाउँ-ठाउँमा ठुल्ठुला खाल्डो बनेपछि समय-समय सडक दुर्घटनाहरू हुने गर्दछ। सडकको बेहाल अवस्थाले गर्दा वाहन चालक लगायत उक्त सडक भएर आऊ-जाऊ गर्ने मानिसहरूलाई निक्कै असुविधा हुने गर्दछ। यसको साथै बालासन ब्रिज भत्केपछि वर्द्धमान रोड भएर नै ठुल्ठुला वाहनहरूको चलाचल हुने गरेकोले गर्दा वर्द्धमान रोडमा निक्कै चाप बढेको छ। स्थानीय तथा वाहन चालकहरूको आरोप अनुसार सडक भत्केकोले गर्दा धेरै समस्या हुने गर्दछ भने समय-समयमा दुर्घटनाहरू समेत हुने गर्दछ। उक्त सडक भएर टोटो चलाचल गर्दा सडकको खराब अवस्थाले गर्दा टोटो पल्टिने डर हुँदछ। यसैले उक्त सडक भएर आवत-जावत गर्न डर लाग्ने गर्दछ। यस सम्बन्धमा स्थानीय काउन्सिलर पिन्टु घोषले भने, उक्त विषय साँचै नै समस्यापूर्ण छ। वर्षाले गर्दा उक्त सडकमा ठाउँ-ठाउँमा ठुल्ठुला खाल्डोहरू बनेको छ भने बालासन ब्रिज भत्केकोले यहीँ सडक भएर ठुल्ठुला वाहनहरू चलाचल गर्ने गरेकोले वर्द्धमान रोडमाथि निक्कै चाप बढेको छ। बीचमा उक्त सडक मरमति गरे तापनि वर्षाको कारण फेरि सडकको अवस्था बेहाल बनेको छ। यस सम्बन्धमा डेपुटी मेयरसित कुराकानी गरिसकेकोले चाँडै नै यसको मरमतिको कार्य शुरू गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *