सिलगढीको व्यवसायिक प्रतिष्ठानमा आयकर विभागद्वारा छापामार अभियान

सिलगढी : सिलगढीको केही व्यवसायिक प्रतिष्ठान तथा व्यवसायीहरूको घरमा आज आयकर विभागले छापामार अभियान चलायो। आयकर विभागले आज बिहान सिलगढीको नयाँ बजारस्थित एउटा भवनमा छापामार चलायो। लेनदेन तथा कर मामिलामा अस्पष्टताको कारण आयकर विभागले आज सिलगढीको केही व्यवसायिक प्रतिष्ठान तथा व्यवसायीहरूको घरमा छापामार अभियान चलाएको बताइएको छ। आयकर विभागका अधिकारीहरूले आज सिलगढीको नयाँ बजारस्थित एउटा व्यवसायीको घरमा छापामार अभियान चलाउँदा इलाकामा हो-हल्ला मच्चिनको साथै व्यवसायीहरू उक्त इलाकामा भेला हुन शुरू गरे। सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *