सिलगढीको सर्किट हाउस संलग्न इलाकामा आगलागी

सिलगढी : सिलगढीको सर्किट हाउस संलग्न इलाकामा गत अबेर राति भयावह आगलागी हुँदा इलाकामा भागदौड मच्चियो। प्राप्त जानकारीअनुसार सर्किट हाउस नजिक एउटा होटल र ग्यारेज बीचको खाली ठाउँमा आगो लागेपछि क्षणभरमै आगोले उग्र रूप लिएको बताइएको छ। एकजना व्यक्तिले आगो लागेको देखेपछि स्थानीय मानिसहरूको सहयोगमा उक्त आगोलाई निभाउने प्रयास गरे। घटनाको खबर पाएर दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर स्थानीय मानिसहरू र दमकलकर्मीहरूको सहयोगमा घण्टौँसम्मको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त खाली ठाउँमा कसरी आगो लाग्यो भन्ने विषयलाई लिएर स्थानीय मानिसहरू अचम्भित छन्। आगलागीमा कसैको ज्यान-माललाई कुनै प्रकारको क्षति नभएको बताइएको छ। दमकल विभागले घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *