सिलगढीको चम्पासरीमा सड़क दुर्घटनामा युवतीको मृत्यु

सिलगढी : सिलगढीको चम्पासरी संलग्न राष्ट्रिय राजमार्ग 31-मा गत राति सड़क दुर्घटनामा एकजना युवतीको मृत्यु भएको छ।  प्राप्त जानकारी अनुसार उक्त युवती स्कुटीमा सवार भएर गइरहेको समय चम्पासरीको पुलिस  ट्राफिक नजिक पछिल्तिरबाट अन्य एउटा वाहनले धक्का दिँदा स्कुटीबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनापछि चम्पासरी पुलिस ट्राफिक नजिक उत्तेजनाको माहौल सृष्टि हुँदा प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्यायो। पुलिसले युवतीको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अर्कोतिर, प्रधान नगर थाना पुलिसले सन्देहको आधारमा एउटा मालवाही ट्रकलाई जफत गर्नको साथै तीनजना युवकलाई पनि सोधखोजको लागि थाना लगेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *