सिलगढीको सिटी सेन्टर आइतबारदेखि 25 मार्चसम्म बन्द रहने

सिलगढी : कोरोना भाइरसको संक्रमणलाई रोक्ने उद्देश्य लिएर आगामी 22 देखि 25 मार्चसम्म सिलगढीको सिटी सेन्टर बन्द रहने भएको छ। यसबारे जानकारी शपिङ्ग मलका प्रबन्धनद्वारा एउटा नोटिस जारी गरेर दिएको छ। उल्लेखनीय छ, कोरोनाको संक्रमणबाट मानिसहरूलाई बाँच्नको लागि हाल केन्द्र र राज्य सरकारले विभिन्न कदम उठाइरहेको छ। भोली आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले जनता कर्फ्यू-को आह्वान गरेको छ। आजदेखि होटल, नाइट क्लब, डान्स बार, पब अनि मसाज पार्लर आदि बन्द गर्ने राज्य सरकारले निर्देश दिएको छ। मुख्यमन्त्रीले अब शपिङ्ग मल र सिनेमा हलहरू पनि बन्द गरिदिने अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *