सिलगढीको कोर्ट मोडमा अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी : सिलगढीको कोर्ट मोड इलाकाबाट अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले कोर्ट इलाकामा एकजना व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पठाएको छ। पुलिसले उक्त इलाकाको सीसीटीभी फुटेजको जाँच गर्नको साथै मृतक व्यक्तिको परिचय जुटाउने प्रयास गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.