सिलगढीको दबाई दोकानमा छापामारी, प्रतिबन्धित दबाईसहित एकजना पक्राउ

सिलगढी : भक्तिनगर थाना पुलिसले सिलगढीको डन बस्को मोड़स्थित एउटा दबाई दोकानमा अभियान चलाएर प्रतिबन्धित कफ सिरपसहित दोकान मालिकलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति पंकज शर्माको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा भक्तिनगर थानाका आईसी अमरेश सिंहको नेतृत्वमा गत साँझ डन बस्को मोड़स्थित एउटा दबाई दोकानमा अभियान चलाएर 30 बोतल प्रतिबन्धित कफ सिरप र 200 ट्याबलेट उद्धार गरेको छ। पुलिसले दोकान मालिकलाई  पक्राउ गरेर मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *