सिलगढीको दादाभाइ स्पोर्टिङ क्लबको खुट्टी पुजासँगै दुर्गा पुजाको तयारी शुरू

सिलगढी : सिलगढीको दादाभाइ स्पोर्टिङ क्लबले आज खुट्टी पुजासँगै दुर्गा पुजाको तयारी शुरू गरेको छ। उक्त क्लबको दुर्गा पुजाले यस वर्ष 40 वर्ष पुरा गरेको छ। दादाभाइ स्पोर्टिङ क्लबले प्रत्येक वर्ष आकर्षणीय पुजा पण्डाल बनाएर सहरवासीलाई आकर्षित पार्दै आइरहेको छ। गत वर्ष झैँ यस वर्ष पनि कोरोना परिस्थितिले गर्दा उक्त क्लबले सामान्य रूपमा पुजाको आयोजना गर्ने भएको छ। कोरोनाको सबै नियमहरू पालन गर्दै दुर्गा पुजाको आयोजना गरिने पुजा कमिटीका सदस्यहरू बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *