सिलगढीको डागापुरमा श्रमिक मेलाको आयोजना

सिलगढी : सिलगढीको डागापुरस्थित श्रमिक भवनमा आजदेखि दुईदिने श्रमिक मेलाको आयोजना गरियो। मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणा अनि श्रम विभागका श्रमिकहरूलाई सामाजिक सुरक्षा दिने योजना अन्तर्गत उक्त मेलाको आयोजना गरिएको हो। राज्य सरकारले श्रमिकहरूको निम्ति धेरै सुविधा प्रदान गरिरहेको छ। तर सरकारले दिएका योजना अनि सुविधाहरू श्रमिकहरूले उपभोग गर्न सकेका छैनन्। किनभने धेरैजसो श्रमिकहरूलाई ती सुविधाहरूबारे जानकारी नै छैन।

यसैले श्रमिक मेलाको आयोजना गरेर श्रमिकहरूलाई योजना अनि सुविधाहरू विषय जानकारी गराइरहेको छ। यस मेला मार्फत् श्रमिकहरूले आफूले पाउने सरकारी सुविधा अनि योजनाहरूबारे राम्ररी जानकारी लिने अनि त्यसको उपभोग गर्नेछन्। यस अवसरमा कानुन एवम् श्रम मन्त्री मलय घटक, जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *