सिलगढीको दार्जिलिङ मोड इलाकाबाट बिमल छेत्रीको शव उद्धार  

सिलगढी: दार्जिलिङ मोड़ संलग्न इलाकाबाट 37 वर्षीय एकजना व्यक्तिको रहस्यमय ढंगमा शव उद्धार गरेपछि इलाकामा सनसनी फैलिएको छ। मृतक व्यक्ति दार्जिलिङ निवासी बिमल छेत्रीको रूपमा चिन्हित गरेको छ। आज स्थानीय मानिसहरूले शव देखेपछि यसबारे पुलिसलाई जानकारी दिए। घटनाको जानकारी पाएर सिलगढी प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरे। मृतकको शरीरको विभिन्न ठाउँमा चोटको निशान रहेको बताइएको छ। तिनको हत्या गरेको हो अथवा यसको पछि केही रहस्य छ भन्ने बारे अहिले नै खुलासा भएको छैन। पुलिसले दिएको जानकारी अनुसार पोस्टमर्टम रिपोर्ट आएपछि मात्र तिनको मृत्यु के कारणले भएको हो भन्ने कुरा थाहा लाग्ने छ। पुलिसले रहस्यमय मृत्युको मामिला बारे जाँच शुरू गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *