सिलगढीको डीआई फन्ड मार्केटमा सुलभ शौचालयको मेयरद्वारा उद्घाटन

सिलगढी : लगभग दुई सय वर्ष पुरानो डीआई फन्ड मार्केट अधिग्रहण गरेर नयाँ प्रकारले सजाउने सिलगढी नगरनिगमले पहल गरेको छ। सिलगढी नगरनिगमका मेयर गौतम देवले आज सुलभ शौचालयको उद्घाटन गरे। प्राप्त जानकारी अनुसार दुई सय वर्ष पुरानो डीआई फन्ड मार्केटमा विविध समस्या रहेको छ। यो ऐतिहासिक बजारको मरमति तथा नविनीकरण गर्ने सिलगढी नगरनिगमले दायित्व लिएको छ। उक्त मार्केटमा विकासको पहिलो कामको रूपमा त्यहाँ शौचालयको निर्माण गरिएको छ भने आज उक्त शौचालयको मेयर देवले उद्घाटन गरे। यस अवसरमा मेयर परिषद मानिक दे, सिक्ता दे बसु राय, 4 नम्बर बोरो चेयरम्यान जयन्त साहा, डेपुटी मेयर रञ्जन सरकार, वार्ड काउन्सिलर प्रशान्त चक्रवर्ती एवम् अन्य उपस्थित थिए। मेयर गौतम देवले भने, लगभग साढे 4 लाख रुपियाँको लागतमा पहिलो चरणको काम गरिएको छ। यसपछि एकपछि अर्को गर्दै बजारमा नयाँ रूपमा सजाइनेछ। उक्त मार्केटको संरक्षणको दायित्व बजार कमिटीले लिइनुपर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *