सिलगढीको डनबस्को रोडको अवैध दोकानहरू नगरनिगमद्वारा भत्काइयो

सिलगढी : भक्तिनगर थानाअन्तर्गत डनबस्को रोडमा रहेको अवैध रूपमा निर्माण गरेका भवनहरू आज सिलगढी नगरनिगमले भत्काइदिएको छ। डनबस्को स्कुल नजिक सरकारी जमिन दखल गरेर दीर्घदिनदेखि अवैध भवन निर्माण गरेर केही दोकानहरू चलाइरहेको अभियोग रहेको छ। प्रशासनको तर्फबाट त्यहाँका मानिसहरूलाई उक्त निर्माण अघि सार्ने निर्देश दिए तापनि कुनै पहल नगरेकोले गर्दा आज सरकारी नियमअनुसार सिलगढीको विशाल पुलिस फोर्स र नगरनिगमका इञ्जिनियर लगायत अधिकारीहरूको उपस्थितिमा त्यहाँका केही अवैध दोकानहरू भत्काइदिएको छ। लकडाउनलाई ध्यानमा राखेर त्यहाँ निर्माणाधीन कुनै अन्य भवन नभत्काए तापनि सरकारी जमिनमा बनाएको केही दोकानहरू मात्र हाल भत्काइदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *