सिलगढीको डम्पिङ ग्राउण्डबारे मेयरलाई ज्ञापन

सिलगढी : सिलगढीको डम्पिङ ग्राउण्डलाई लिएर जलपाईगढीका सांसद जयन्त राय चिन्तित बन्नको साथै यसबारे केन्द्रीय नेतृत्वहरूसँग कुराकानी गरेको तिनले बताए। यस विषयमा हस्तक्षेप गर्नुपर्ने माग गर्दै आज सिलगढी नगरनिगमका दुईजना काउन्सिलरलगायत भाजपा कर्मीहरूले नगरनिगमका मेयर अशोक भट्टाचार्यसँग भेट गरेर एउटा ज्ञापन पत्र चढाए। यसको साथै मेयर भट्टाचार्यसँग तिनीहरूले यसबारे धेरै समयसम्म आलोचना गरेको बताइएको छ। काउन्सिलर खुशबु मित्तलले बताएअनुसार सहरको डम्पिङ ग्राउण्डलाई लिएर आफू चिन्तित रहेकोले गर्दै नै आज मेयर अशोक भट्टाचार्यसँग भेट गरेर यस विषयमा कुराकानी गरेको हो। सांसद जयन्त रायले बताएअनुसार केन्द्रीय नेतृत्वहरूलाई यसबारे पत्राचार गरिसकेको साथै मेयर भट्टाचार्यले उक्त पत्रको प्रतिलिपको माग गरेकोले गर्दा सांसदमार्फत् उक्त पत्रको प्रतिलिपि मेयरलाई प्रदान गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *