सिलगढीको डम्पिङ ग्राउण्डमा बायो-माइनिङ प्रोजेक्टको प्रशासक गौतम देवद्वारा उद्घाटन

सिलगढी : सिलगढी नगरनिगमका प्रशासक गौतम देवले सहरको सेभोक रोड दुई माइलस्थित डनबस्को स्कुल नजिकमा रहेको डम्पिङ ग्राउण्डमा बायो-माइनिङ प्रोजेक्टको आज विधिवत् उद्घाटन गरे। लगभग 18 लाख रुपियाँको लागतमा उक्त परियोजना तयार गरेको बताइएको छ। यस अवसरमा गौतम देवले बताएअनुसार सिलगढी सहरमा मानिसहरूको जनसङ्ख्या वृद्धि हुनको साथै फोहोर मैलाको थुप्रो पनि निक्कै बढ्दै गइरहेकोले चाँडै यसको विकल्प व्यवस्था नगरे भविष्यमा फोहोर-मैला बढेर मानिसहरूलाई असुविधा भएकोले गर्दा नै उक्त पहल गरिएको हो। यसबाहेक नगरनिगमले सिलगढी सहरमा केही कम्प्याक्टर मसिन जडान गरिने सोँच राखेको पनि तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *