सिलगढ़ीको दुर्गागढ़ीस्थित नवग्रह मन्दिरमा सरस्वती पुजासहित नवग्रह शान्तिपाठ र कलश यात्रा

सिलगढी : सिलगढ़ीको दुर्गागढ़ीस्थित नवग्रह मन्दिरमा आज बसन्त पञ्चमीको दिन दुर्गा जनकल्याण सङ्गठन महिला प्रकोष्ठका सदस्यहरूले सरस्वती पुजासहित नवग्रह शान्तिपाठ र कलश यात्राको आयोजना गरियो। मन्दिरका संस्थापक पण्डित ध्रुव उपाध्यायको उपस्थितिमा पुजा विधि सम्पन्न भयो। उक्त पुजामा महिलाहरूले सक्रिय रूपमा भाग लिएकी थिइन्।


प्रत्येक वर्ष आजको दिन मन्दिरमा महापुराणको आयोजना गर्ने गरिन्थ्यो, तर यसपल्ट कोरोना महामारीले गर्दा श्रीमद्‌भागवत महापुराणको मिति सारेर आगामी 30 जुनदेखि 5 जुलाईसम्म सम्पन्न गरिने मन्दिर परिवारले जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *