सिलगढीको ईस्टर्न बाईपासमा स्ट्रीट लाइट लगाइने कार्य शुरू

सिलगढी (निसं): अन्तत: स्थानीय मानिसहरूको माग पुरा भएको छ।  सिलगढीको ईस्टर्न बाईपासमा स्ट्रीट लाइट लगाइरहेको छ। लोक निर्माण विभागको तर्फबाट ईस्टर्न बाईपासमा स्ट्रीट लाइट लगाइने काम शुरू गरिएको छ। स्मरण रहोस, स्ट्रीट लाइट नभएकोले गर्दा राति अन्ध्यारोमा ईस्टर्न बाईपास इलाकामा धेरै दुर्घटनाहरू हुने गर्दथ्यो। यसैले गर्दा इलाकामा स्ट्रीट लाइट लगाउनु पर्ने माग लाई लिएर स्थानीय मानिसहरूले धेरै पल्ट प्रदर्शन समेत गरेका थिए। यसको साथै राति अन्ध्यारो इलाकामा आपराधिक गतिविधिहरू पनि बढेर गएको थियो। अन्तत: यी सबै कुरालाई ध्यानमा राखेर लोक निर्माण विभागको तर्फबाट त्यहाँ स्ट्रीट लाइट लगाउने काम शुरू गरेको छ। लोक निर्माण विभाग सूत्र अनुसार ईस्टर्न बाईपास इलाकामा मोठ 64 वटा स्ट्रीट लाइटहरू लगाइने छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *