सिलगढीको एक नम्बर वार्डमा भाजपाको चुनावी कार्यालय तोड़फोड गरेको आरोप

सिलगढी : चुनावी कार्यालय तोडफोड गरेको आरोपलाई लिएर सिलगढी नगरनिगमको एक नम्बर वार्डमा माहौल गर्मिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान भाजपाको 47 र 48 नम्बर बुथ कार्यालय भत्केको अवस्थामा देखेपछि घटनाबारे एक नम्बर वार्डका भाजपा उम्मेद्वार कन्हैया पाठकलाई जानकारी गराइयो। घटनाको खबर पाएर कन्हैया पाठक आफ्ना कार्यकर्ताहरूको साथमा घटनास्थलमा पुगे। कन्हैया पाठकले उक्त घटनाको तीव्र निन्दा गर्दै विरोधी पार्टीहरूले सिलगढीको एक नम्बर वार्डमा भाजपाको पकड राम्रो रहेको थाहा पाएपछि यस प्रकारको कार्य गरेको आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *